नियम ५
इजाजतपत्र दिन सिफारिस गर्र्ने
नियम ४ बमोजिम जा“चबुझ गर्दा दरखास्तवाला निर्माण व्यवसायीको माग बमोजिम इजाजतपत्र दिन मनासिव देखेमा समितिले दरखास्त परेको मितिले तीस दिनभित्र नियम १० बमोजिम वर्गीकृत निर्माण व्यवसायी मध्ये जुन वर्गको लागि इजाजतपत्र दिन उपयुक्त देखिन्छ सोही वर्गको इजाजतपत्र दिन नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।